School Logo

श्रीमती धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ्ग पढ्ने सुवर्ण अवसर!

2083-02-11
श्रीमती धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ्ग पढ्ने सुवर्ण अवसर!
प्राविधिक शिक्षा आजको आवश्यकता! श्रीमती धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय (धनगढी-८, कैलाली) मा कक्षा ९ देखि १२ सम्मको सिभिल इन्जिनियरिङ्ग (Civil Engineering) शैक्षिक कार्यक्रमका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।

कक्षा ८ को नतिजा प्रकाशन भएको भोलीपल्ट देखि नै विद्यालयबाट आवेदन फाराम वितरण हुने भएकाले समयमै आफ्नो फाराम भरी सिट सुरक्षित गर्नुहोला।

मुख्य विशेषताहरू:

कक्षा ९ र १० का मुख्य विषयहरू: सिभिल इन्जिनियरिङ्गका आधारभूत कोर्सहरू, जस्तै: Building Construction, Drawing, Surveying, र Estimating & Costing।

कक्षा ११ र १२ का मुख्य विषयहरू: Geo-Technical Engineering, Mechanics of Structure, Fluids Mechanics, RCC Structure, र Construction Management।

प्रयोगात्मक र व्यावहारिक सिकाshort शैक्षिक वातावरण।

सम्पर्कका लागि:

📍 स्थान: धनगढी उप-महानगरपालिका वडा नं. ८, कैलाली

📞 फोन नं: 091-522117, 9858490117

👤 लक्ष्मण दत्त भट्ट (प्रधानाध्यापक): ९८५९८४२०११७

👤 ई. लोक राज भट्ट (सिभिल इन्जिनियरिङ्ग कोर्डिनेटर): ९८४८७५२६७६